Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


माइतीघर क्षेत्रमा सम्भावित झडपको त्रास, प्रहरीद्वारा ढुंगा–इँटा हटाइँदै (तस्वीरसहित)


2.2k
Shares

काठमाडाैं ।

काठमाडौंको माइतीघर आसपासका सडक र सडकपेटी क्षेत्रमा रहेका ढुंगा तथा इँटा प्रहरीले हटाउन सुरु गरेको छ। ती सामग्री प्रहरी भ्यानमा राखेर हटाइँदैछ।

आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा एमाले निकट जनवर्गीय संगठनहरूले दिउँसो ३ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।

प्रदर्शनका क्रममा सम्भावित झडप हुन सक्ने आँकलन गर्दै सुरक्षा व्यवस्थालाई ध्यानमा राखी प्रहरीले उक्त क्षेत्रका ढुंगा र इँटा हटाएको जनाएको छ।