Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


पूर्वप्रधानमन्त्री ओलीले दिए नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई


884
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएकाे छ।

पूर्वप्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई एवं सफल कार्यकालकाे शुभकामना दिनुभएकाे हाे । साथै उहाँले नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएकाे छ।