Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


भारतमा सडक दुर्घटनामा परी १४ जनाको निधन, दर्जनाैं घाइते


676
Shares

एजेन्सी । भारतको आन्ध्रं प्रदेशमा बिहीबार भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

मार्कपुरम जिल्लाको रायवरम नजिक एउटा निजी बस र लरी एक-आपसमा ठोक्किदा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएकाे हाे । साेही दुर्घटनामा परी कयौं घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रहरीले जगित्यालाबाट कालिगिरी गइरहेका बसमा लरीको ठक्करपछि भीषण आगलागी हुदाँ बस पुरै जलेर खरानी भएको जनाएकाे हाे । बसमा सवार यात्रुहरु जिउदै जलेको समेत प्रहरीले बताएकाे छ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेकाले मृतको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएकाे हाे । घटनाकाे बारेमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।