Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


नेपाली बजारमा घट्याे आज सुनचाँदीकाे मूल्य


4.5k
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको जनाएकाे हाे । बुधबार २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको मूल्य १६ हजार ७ सय रुपैयाँ घटेको छ । गत बिहीबार ३ लाख २ हजा ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीकाे मूल्य पनि घटेको छ । बुधबारकाे तुलनामा चाँदी बिहीबार प्रतितोला १ सय रुपैयाँ घटेको हो । बुधबार प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियाे । चाँदी बिहीबार ४ हजार ८ सय २० रुपैयाँमा झरेको छ ।

गत बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे हाे । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार पाँच सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।