काठमाडाैं । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभाकाे निर्वाचनबाट निर्वाचित भएका सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुँदैछ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अन्य २ सय ७४ जना सदस्यहरुलाई बिहीबार दिउँसाे २ बजे शपथ ग्रहण गराउने तय भएको हो । शपथका लागि सबै तयारी पूरा भइसकेको सघीय संसद सचिवालयले जनाएको छ । जेष्ठ सदस्य केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवनसमा एक समाराेहकाबीच बुधबार शपथ गराउनुभएको थियो । तर नवनिर्वाचित सासदहरुकाे शपथकाे समारोह भने सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने भएकाे छ । संसद सचिवालयले ४७ जना प्रतिनिधिसभा सदस्यले भने मातृ भाषामा शपथ लिनका लागि नाम टिपाएकाे जनाएकाे हाे । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । सपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समय भन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको हाे । सचिवालयले औपचारिक वा आफ्नो साँस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्