काठमाडाैं । प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व बिहीबार नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ ।
चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । बिहीबार अष्टमीको दिनलाई चैते दशैँ र शुक्रबार नवमीलाई रामनवमीका रूपमा मनाउने गरिएको छ । चैते दशैँको अवसरमा काठमाडाैं उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई र चामुण्डादेवी लगायतका शक्तिपीठमा विशेष पूजा हुने गर्दछ ।
त्यसैगरी काठमाडाैं उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना र कालिकादेवी लगायतका शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्र समेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुनुका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।








प्रतिक्रिया दिनुहोस्