Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


साफ यू-२० च्याम्पियनसिपमा नेपालकाे श्रीलंकामाथि जित


351
Shares

काठमाडाैं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ ।

माल्दिभ्सको मालेमा रहेको नेश्नल स्टेडियममा बुधबार राति भएको खेलमा नेपालको जितमा सुवास बमले एक मात्र गोल गरेका हुन् । यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले जितसँगै ६ अंक बनाएको छ । नेपालले उद्घाटन खेलमा भुटानलाई २–१ गाेल अन्तरले पराजित गरेकाे थियाे । नेपालले अब शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्ने भएकाे छ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् ।

अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश रहेका हुन् । राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् ।