Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


देशका-३ प्रदेशमा आज भारी हिमपात र वर्षा हुँदै


4.3k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहान कोशी, गण्डकी र बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहको भएकाे हाे। गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, बिहीबार दिउँसो भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा-हिमपातको सकेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बिहीबार राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी तथा तराई भू-भागमा आँशिक बादल लाग्ने भएकाे हाे। कोशी र गण्डकी प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।