Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

बैठकमा १५ औं महाधिवेसनको मितिकाे बारेमा छलफल गरिंने

26
Shares

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने भएकाे छ ।

पार्टी मुख्यालय सानेपामा बुधबार बिहान ११ बजेदेखि बस्ने बैठकमा मंगलबार सभापति गगन थापाले प्रस्ताव गरेको १५ औं महाधिवेसनको मितिकाे बारेमा छलफल हुने भएकाे हाे । त्यस्तै, समसामयिक राजनीति, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन र केन्द्रीय निर्वाचन समिति गठनबार बैठकमा छलफल हुनेछ । कांग्रेसको आगामी १५औं महाधिवेशन भदौ महिनामा आयोजना गर्ने प्रस्ताव अघि सारिएको छ ।

केन्द्रीय समिति बैठकमा पार्टी सभापति थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उक्त प्रस्तावसँगै कार्यक्रमको कार्यतालिका पनि बैठकमा पेश गरिएको छ । प्रस्तावित मिति र तयारी सम्बन्धी विषयमा बैठकमा छलफल जारी रहेको र अन्तिम निर्णय बैठकबाटै गरिने कांग्रेसले जनाएकाे हाे । विशेष महाधिवेशनपछि गठन भएको वर्तमान नेतृत्वले नियमित महाधिवेशन आयोजनाको प्रक्रिया अघि बढाएको छ । सभापति पदबाट राजीनामा दिएपनि केन्द्रीय समितिबाट अस्वीकृत भएपछि थापा मंगलबार बैठकमा पुग्नुभएको थियो ।

सभापति थापाले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपनि सहज रुपमा महाधिवेशन सम्पन्न हुनेमा भने आशंका छ । खासगरी देउवा पक्षले अहिले विशेष महाधिवेशनको औचित्यमाथि नै प्रश्नहरु उठाईरहेको हाे । देउवा पक्ष विशेष महाधिवशेन सम्बन्धि सर्वोच्च अदालतको आदेशको पनि प्रतीक्षामा छ ।अदालतले के निर्णय गर्छ भन्ने कुरा पर्खिरहेको अवस्थामा महाधिवेनको कार्यतालिका आउँदा थप दबाबमा पर्ने देखिएको हाे ।