एजेन्सी । श्रीलंकाको प्रमुख अत्यावश्यक सेवा कार्यालयले पश्चिम एशियामा जारी द्धन्द्धका कारण इन्धन आयातमा अवरोधहरू आउन सक्ने भन्दै सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचत सम्बन्धी निर्देशिका जारी गरेको छ।
नयाँ निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको हाे । यसमा सार्वजनिक क्षेत्रभर इन्धन र उर्जाको खपत घटाउने उपायहरू अपनाउन सुझाव दिइएको छ । निर्देशिका अनुसार, कर्मचारीहरूले व्यक्तिगत गाडी प्रयोग नगरी सम्भव भएसम्म सार्वजनिक गाडीको प्रयोग गर्नुपर्नेलगायत रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
साथै, बिजुली र ऊर्जा बचतका लागि प्राकृतिक प्रकाशको अधिकतम प्रयोग, एयर कन्डिसनको सट्टा बिजुली पङ्खाको प्रयोग र सिँढीको प्रयोग प्रोत्साहित गरी लिफ्टको सीमित प्रयोग समावेश छ । स्थानीय सरकारका निकायहरूले अनावश्यक समयमा सडक बत्ती निभाउन र उच्च सुरक्षा क्षेत्र बाहेक सडक बत्ती अस्थायी रूपमा बन्द गर्न कार्यालयले निर्देशन दिएको हाे ।
सबै सार्वजनिक अधिकारीहरूलाई जिम्मेवार व्यवहार गर्न, नागरिकमा माझ निर्देशन बमोजिम प्रस्तुत हुन र राष्ट्रिय ऊर्जा संरक्षण तथा सुरक्षा प्रयासमा पूर्ण समर्थन जनाउन आग्रह गरिएको उल्लेख गरिएकाे छ।








प्रतिक्रिया दिनुहोस्