काठमाडाैं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको पार्टीलाई थप सुदृढ बनाउन एकता नै प्रमुख आवश्यकता रहेको बताउनुभएकाे छ ।
कांग्रेसले चितवनमा मंगलबार आयोजना गरेकाे भेटघाट तथा विमर्श कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बतााउनुभएकाे हाे । पार्टीको गौरवशाली इतिहास र यसले स्थापनाकालदेखि अँगालेको मध्यमार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पुर्याउनुपर्नेमा जोड दिनुभयाे । उहाँले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको सर्वांगीण शक्तिका रूपमा व्याख्या गर्नुभएकाे छ ।
नेता महरले पार्टीलाई अझै जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म निर्मम आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने र विविध विचार तथा दृष्टिकोणलाई आत्मसात गर्नुपर्ने बताउनुभयाे । बेलायतको लेबर पार्टीले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएकाे छ ।








प्रतिक्रिया दिनुहोस्