Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे-कोदारी सडककाे निर्माण कार्य अघि बढ्याे

आर्थिक लागत १ अर्ब ३४ करोड रूपैयाँ

260
Shares

काठमाडाैं । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ ।

सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो । मन्त्रालयको स्रोत सहमतीसँगै सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया सम्पन्न गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीसँग सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ ।

१ अर्ब ३४ करोडमा ठेक्का लगाएर काम थालिएको सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । सडक स्तरोन्नति अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक डबल लेनको बनाइने भण्डारीले बताउनुभएकाे छ। डबल लेनमा स्तरोन्नति गर्न आवश्यक स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ । अहिले पहिरो जोखि क्षेत्रमा आवश्यक ज्ञाविन वाल र प्वाम्टको काम भइरहेको प्रमुख भण्डारीले बताउनुभयाे । हालसम्मको भौतिक प्रगति ७ प्रतिशत रहेको समेत उहाँले जानकारी गराउनुभएकाे छ ।.

यता निर्माणको जिम्मा भएको एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेतीले भने निर्माणमा कुनै अवरोध नआए समयमै निर्माण सम्पन्न हुने बताउनुभयो । निर्माण कम्पनीले गत मंसिर १ गते ठेक्का सम्झौता गरेर मंसिर २० गतेदेखि साइटमा काम थालिएको उहाँकाे भनाइ छ। आहिले स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको समेत उहाँले जानकारी गराउनुभयाे ।.

एमएस एनएस गाल्वा जेभीले निर्माण सामाग्री र आयोजनामा कुनै अवरोध नभए समयभित्रै निर्माण सक्ने तयारी रहेकाे जनाएकाे छ।