Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ३४ जनाको निधन, दर्जनाैं घाइते


312
Shares

एजेन्सी । लेटिन अमेरिकी मुलुक कोलम्बियामा साेमबार राति सैन्य विमान दुर्घटना हुँदा करिब ३४ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले कोलम्बियाली सेनाको कहुृलस सि–१३० विमान पेरु र इक्वेडरको सीमानामा दुर्घटनामा जनाएका हुन् । दुर्घटनामा दर्जनाैंकाे उद्धार गरिनुका साथै २१ जनाको अवस्था अज्ञात रहेकाे जनाइएकाे । सेनाका १ सय १४ कर्मचारी र ११ जना चालक दलका सदस्यसहितको सवार विमान पुतुमायोको प्युर्टो लेगुइजामोबाट उडान भर्नेवित्तिकै दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न नसकेको कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले उल्लेख गर्नुभएको छ ।

कोलम्बियाली वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले विमानमा समस्या आएपछि विमानस्थलबाट करिब २ किलोमिटर तल खसेको बताउनुभयाे । यस वर्ष कोलम्बियामा भएको यो दोस्रो विमान दुर्घटना हो । गत जनवरीमा देशको उत्तरमा एउटा सानो यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त घटनामा विमानमा सवार सबै १५ जना यात्रुको मृत्यु भएको थियो।