काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपात भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, मंगलबार दिउँसो भने कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । साथै तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी -कर्णाली र बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपात हुने भएकाे छ। साथै कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, मंगलबार राति भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे। कोशी, गण्डकी-कर्णाली प्रदेश र बाँकी हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।








प्रतिक्रिया दिनुहोस्