Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


नेपालको व्यापारघाटा: भारत र चीनसहित ५ देशसँग १० खर्ब रूपैयाँ बढी पुग्याे


143
Shares

काठमाडाैं । परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झनै बढ्दै गएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको तथ्यांक अनुसार छिमेकी मुलुक भारत र चीनसहित ५ वटा देशसँग मात्रै नेपालले व्यापार घाटा करिब १० खर्ब रुपैयाँ व्यहोरेको हाे। नेपालले फागुन मसान्तसम्ममा भारतसँग पाँच खर्ब ६७ अर्ब ३९ करोड व्यापार घाटा व्यहोरेको छ । साेही अवधिसम्ममा भारतबाट सात खर्ब २४ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको हाे ।

त्यस्तै, छिमेकी मुलुक चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात गर्दा दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इण्डोनेसिया लगायतका देशहरु रहेका छन् । अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ७५ अर्ब रुपैँया बढी ब्यापार घाटा बेहोरेको छ भने संयुक्त अरब इमिरेट्ससँग नेपालले ४४ अर्ब ४१ करोड रहेको हाे । त्यस्तै, इण्डोनेसियासँग १४ अर्ब भन्दा बढी व्यापारघाटा व्यहोरेको छ । अन्य विभिन्न मुलुकहरुसँग पनि नेपालले व्यापारघाटा व्यहोरेको छ । समग्रमा हेर्दा चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा मुलुकले करिब ११ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार साेही अवधिमा कूल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा व्यहोरेको छ । इजर, इराक, केन्या लगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ ।