Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


साफ यू-२० च्याम्पियनसिपमा आज नेपालले भूटानकाे सामना गर्दै

च्याम्पियनशिपको फाइनल खेल भने आगामी अप्रिलमा हुने

169
Shares

काठमाडौं । साफ-२० च्याम्पियनसिप साेमबारदेखि माल्दिभ्समा शुरू हुँदैछ ।

मालेमा रहेको नेशनल स्टेडियममा साेमबार अपराह्न साढे ४ बजेदेखि शुरू हुने उद्घाटन खेलमा नेपालले भूटानकाे सामना गर्ने भएकाे हाे । साेमबार राति सवा ९ बजेदेखि माल्दिभ्स र श्रीलंकाबीच पनि प्रतिस्पर्धा हुने भएकाे छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससहित, नेपाल, भूटान र श्रीलंका रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा भारत, पाकिस्तान र बङ्गलादेश रहेका हुन् ।

दक्षिण एशियाका ७ वटा टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् । साफ च्याम्पियनशिपको फाइनल खेल भने आगामी अप्रिल ३ तारिखमा हुने भएकाे हाे ।