Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


विश्व मौसम विज्ञान दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै


117
Shares

काठमाडाैं । विश्व मौसम विज्ञान दिवस साेमबार ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ।

सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो । साेही अवसरमा मौसम सम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायकाे बारेमा छलफल गरिने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले दिवसको अवसरमा मौसम सम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने कार्यक्रम तय गरिएको जनाएकाे हाे ।

विश्व मौसम दिवस प्रत्येक वर्ष मार्च २३ मा मनाइन्छ । यस अवसरमा मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पुर्‍याएकाे योगदानकाे बारेमा विश्वभर सचेतना फैलाउने गरिन्छ ।