Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गर्दै लिग कपको उपाधि जित्यो


299
Shares

काठमाडाैं । म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को उपाधि जितेको छ ।

वेम्बली स्टेडियममा आइतबार राति भएकाे फाइनल खेलमा सिटीले प्रिमियर लिग लिडर आर्सनललाई २–० गोल अन्तरले पराजित गरेकाे हाे । सिटीका निको ओ राइलीले दुई गोल गरेका थिए । योसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ५ पटक लिग कप जितेर कीर्तिमान बनाएका छन् । ग्वार्डिओलाले प्रशिक्षकका रूपमा सबै भन्दा लिग कप जितेका हुन् । त्यस्तै, सिटीले यो नवौं पटक उपाधि जितेको हो ।

सबै भन्दा बढी लिग कप जित्ने टोली लिभरपुल हो । लिभरपुलले १० पटक उपाधि जितेको छ ।