Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेविसंघ अब कांग्रेसको ‘शुभेच्छुक’ संगठन बन्ने, विधान र नेतृत्व आफैं छान्ने: सभापति शेर्पा

सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने नेविसंघकाे निर्णय

520
Shares

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गर्नुभएको हो । सभापति शेर्पाले नेविसंघले अब आफ्नो विधान आफैं बनाउने, आफ्नो नेतृत्व आफैँ चयन गर्ने र आफ्ना कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्ने बताउनुभयाे । एउटा सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम तय गर्न पनि पार्टीका पदाधिकारीहरूसँग अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर भएको उहाँकाे ठहर छ ।

सभापति शेर्पाले यो निर्णयलाई ‘सेपरेसन’ भन्दा पनि विद्यार्थीको मुद्दामा केन्द्रित हुनका लागि लिइएको ‘फङ्गशनल अटोनोमी’ को रूपमा बुझ्न आग्रह गर्नुभयो ।