काठमाडौं । काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा तीव्र हावाहुरी चलिरहेको र यो अझै तीव्र हुनसक्ने सम्भावना रहेका कारण सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएकाे छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत यस्ताे आग्रह गेकाे हाे । प्राधिकरणले हावाहुरीका कारण सडक किनाराका रुखहरू ढल्न सक्ने, बिजुली तथा टेलिफोनका पोलहरू ढल्ने, बिजुलीका तारहरू चुँडिने र जस्तापाताले बनाइएका छानाहरू उडाउनेलगायतका जोखिमहरू रहेको औँल्याएको छ । त्यसैले, प्राधिकरणले जोखिमपूर्ण यात्रा नगर्न र हावाहुरी नरोकिउन्जेल सुरक्षित स्थानमा बस्न सबैमा अनुरोध गरेको हाे।
विशेषगरी, हाल विद्यालयका बसहरू छुट्ने समय भएकाले विद्यार्थीहरू तथा उनीहरूका अभिभावकहरूलाई थप सचेत रहन र विशेष ख्याल गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले सम्भावित क्षतिबाट बच्नका लागि सबैले पूर्वसावधानी अपनाउनुपर्ने समेत अनुराेध गरेकाे हाे ।








प्रतिक्रिया दिनुहोस्