
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई कडा चेतावनीसहित मध्यपूर्वको द्वन्द्व तत्कालै अन्त्य गर्न आग्रह गर्नुभएकाे छ।
महासचिव गुटेरेसले शुक्रबार सामाजिक सञ्जालमार्फत अमेरिका र इजरायललाई यो युद्ध अन्त्य गर्ने उत्तम समय भएको उल्लेख गर्नुभएको हाे । युद्वले विश्वव्यापी अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्दै कम विकसित देशहरूका लागि दुःखद परिणाम निम्त्याइरहेको उहाँको भनाइ छ । त्यसैगरी उहाँले इरानलाई आफ्ना छिमेकी देशमाथिको आक्रमण गर्न बन्द गर्न आह्वान गर्नुभयाे ।
सुरक्षा परिषद्ले यी आक्रमणहरूको निन्दा गर्दै तत्काल रोक्न आदेश दिएको छ । होर्मुजको जलमार्ग लामो समयसम्म बन्द हुँदा विश्वभरका मानिसका लागि ठूलो पीडा हुने बताउदै परिषद्ले यसको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । स्ट्रेट अफ होर्मुज खोल्न परिषद्को आदेश छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेको हाे । अमेरिकाको ह्यूमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए)ले गत फेब्रुअरी २८ तारिखमा युद्ध शुरू भएयता इरानमा ज्यान गुमाउनेको सङ्ख्या २ हजार १ सय ८६ पुगेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस्