Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


कांग्रेसकाे केन्द्रीय समिति बैठक स्थगित


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

बैठकपछि केन्द्रीय सदस्य मधु आचार्यले आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभएकाे हाे । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाकाे बारेमा १४ पेजको प्रतिवेदनमा शुक्रबार सदस्यहरूले धारणा राखेका थिए ।

नेता आचार्यले आइतबार बस्ने बैठकमा पनि साेही प्रतिवेदनमा सदस्यहरुले आफ्नाे धारणा राख्ने जानकारी गराउनुभयाे ।