Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरू भन्छन्: ‘पार्टी पुनर्निर्माणका लागि सभापति थापाको नेतृत्व आवश्यक छ, राजीनामा स्वीकृत गर्नुहुन्न’


286
Shares

काठमाडाैं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको जारी पार्टी उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रश्ताव पेश गर्नुभएको हो । बैठकमा बोल्ने बहुमत सदस्यहरुले नैतिकताको आधारमा दिएको राजीनामाको उच्च सम्मान गर्दै अस्वीकृत गर्नुपर्ने धारणा राखेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । प्रवक्ता चालिसेका अनुसार अधिकांश सदस्यहरुले देशको पछिल्लो परिस्थिति र पार्टी पुननिर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अहिलेको समय परिस्थिति सम्हाल्न तथा पार्टीलाई थप जिम्मेवारीका साथ अघि बढाउने बेला उहाँको भनाइ छ ।

सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामाको विषयमा बैठकमा छलफल भइरहेको छ । जारी बैठकले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट आएको जनमतलाई स्वीकार्ने निर्णय गरेको पनि प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।