Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


दाङमा हावाहुरीका कारण विद्युत सब-स्टेसनमा आगलागी


559
Shares

काठमाडाैं । दाङको लमहीमा हावाहुरीका कारण विद्युत सर्ट हुँदा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनमा आगलागी भएको छ ।

लमहीस्थित १ सय ३२ केभी क्षमताको सबस्टेशन शुक्रबार दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रहरीले जनाएको हाे। सब स्टेसनको कन्ट्रोल हाउसमा आगलागी भएता पनि धेरै ठूलो क्षति हुन नपाएको वडा प्रहरी कार्यालय लमहीले जनाकारी दिएकाे छ।

समयमै दमकल पुगेकाले सहजै आगो निभाइएको र धेरै क्षति हुन नपाएको लमही प्रहरीले बताएकाे हाे।