Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


पश्चिम एशिया द्धन्द्धकाे असर, चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध


507
Shares

एजेन्सी । पश्चिम एशियामा जारी द्धन्द्धका कारण चीनले पनि घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा प्रतिबन्ध लगाउन थालेको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले यसअघि नै इरान युद्धका कारण विश्व बजारमा दबाब बढिरहेकाे समयमा चीनको यो कदम आएको जनाएकाे हाे । बेइजिङले नाइट्रोजन-पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा रोक लगाइसकेको छ। यसअघि रहेका प्रतिबन्ध र युरियामा लगाइएको कोटासँगै अहिले चीनबाट सीमित मात्रामा मल निर्यात भइरहेको छ । अहिले विशेषगरी अमोनियम सल्फेट जस्ता मल मात्रै निर्यात भइरहेको हाे।

यसको अर्थ गत वर्षको तुलनामा चीनको करिब आधादेखि तीन-चौथाइ मल निर्यात प्रभावित हुन सक्छ । जुन करिब ४० मिलियन मेट्रिक टनसम्म हुन सक्छ। चीन विश्वका सबै भन्दा ठूला मल निर्यातकर्तामध्ये एक हो । चीनले गत वर्ष १३ अर्ब डलर भन्दा बढीको मल निर्यात गरेको थियो।