Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


बार्सिलोना उत्कृष्ट प्रदर्शन गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनलमा प्रवेश

न्यूक्यासल भने ७–२ गोल अन्तरले पराजित

325
Shares

काठमाडाैं । बार्सिलोना उत्कृष्ट प्रदर्शन गर्दै युरोपियन च्याम्पियन्स लिग फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाले बुधबार राति भएको खेलमा न्यूक्यासललाई ७–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हाे।समग्रमा ८–२ को नतिजासहित बार्सिलोनाले अन्तिम आठमा स्थान बनाएको छ । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो । खेलको शुरूवातमा बार्सिलोनाले आक्रामक प्रदर्शन गररेकाे थियाे। याे जितसँगै बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

साथै युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार राति अन्तिम १६ का खेल सकिएसँगै क्‍वाटरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । क्‍वाटरफाइनलमा स्पेनिस महारथी रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ । रियलले अन्तिम १६ मा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई पराजित गरेको थियो भने बायर्नले एट्लान्टालाई पराजित गरेकाे थियो । त्यस्तै, इंग्लिस क्लब आर्सनलको भेट पोर्चुगिज टोली स्पोर्टिङ सीपीसँग हुने भएको छ । आर्सनलले बायर लेभरकुसन तथा स्पोर्टिङले बोडो ग्लिम्पटलाई पराजित गरेकाे हाे ।

स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिडबीचको भीडन्त पनि क्‍वाटरफाइनलमै हुने भएको छ । बार्सिलोनाले न्युकासल युनाइटेड तथा एट्लेटिकोले टोटनहम हटस्परलाई पराजित गरेकाे हाे । साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट(जर्मेन र इंग्लिस क्लब लिभरपुलबीच पनि अन्तिम आठमा भीडन्त हुनेछ । पीएसजीले चेल्सी तथा लिभरपुलले गालातासारेलाई पराजित गरेकाे हाे क्‍वाटरफाइनलका पहिलो लिगका खेलहरू आगामी अप्रिल दोस्रो हप्तामा हुने भएका छन् । दोस्रो लिगको खेल तेस्रो हप्तामा हुने भएकाे हाे।