Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


नेपाल बैंक लिमिटेडले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता योजना


1.4k
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने आकर्षक योजना ल्याएको छ ।

बैंकका अनुसार २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकृत १ करोड रुपैयाँसम्मका कर्जा ग्राहकले २०८३ असार मसान्तभित्र शर्तअनुसार ब्याज छुट सुविधा लिएर कर्जा चुक्ता गर्न सक्नेछन् ।

यस्तै, २०८० वैशाख १ गतेपछि निष्क्रिय वा सक्रिय वर्गमा रहेका ग्राहकले २०८२ चैत मसान्तभित्र सावाँ–ब्याज बुझाएर कर्जा चुक्ता वा नियमित गरेमा पनि ब्याज छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले सम्बन्धित शाखामा सम्पर्क गरी सुविधा लिन आग्रह गरेको छ ।