काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको छ ।
अध्यक्ष राउतले साेमबार सामाजिक सञ्जालमार्फत संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै संघर्षको राजनीति भने जारी राख्ने बताउनुभएको हो । उहाँले सक्रिय राजनीतिबाट बिदा लिए पनि जनताको सेवामा रहिरहने प्रष्ट पार्नुभयो । उहाँले आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै जनताको लागि निरन्तर संघर्ष गरिरहने बताउनुभएकाे छ । उहाँले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने पनि बताउनुभयो ।
अध्यक्ष राउतले रायसपटक सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएकाे थियाे। तर उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले पराजित गर्नुभएको हाे । संसदीय राजनीति नलडे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने उहाँले जानकारी गराउनुभएकाे छ। अघिल्लो पटकको चुनावमार्फत संसदीय राजनीतिमा आउनुभएका अध्यक्ष राउतको पार्टीले यसपटक समानुपातिक थ्रेसहोल्ड कटाउन समेत नसकेकाे हाे ।
साेही निर्वाचनमा साेचे जस्ताे नतिजा ल्याउन नसकेपछि अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएकाे बुझिएकाे छ।
अध्यक्ष राउतले सामाजिक सञ्जालमा यस्ताे लेख्नुभएकाे छ:











प्रतिक्रिया दिनुहोस्