Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


एमालेका सचिव बस्नेतविरूद्धको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो लिखित जवाफ

न्यायाधिशविरूद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोप

455
Shares

काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले आइतबार बस्नेतसँग लिखित जबाफ माग्ने आदेश दिएको हो । सचिव बस्नेतविरूद्ध गत बुधबार सर्वोच्चमा अवहेलनाको मुद्दा दायर भएको थियो । जेनजी आन्दोलनलगत्तै विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधिशहरूविरूद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै सचिव बस्नेतविरूद्ध अवहेलनाको मुद्दा दायर भएको हो ।

सर्वोच्चमा विचारधीन रहेको मुद्दामा धारणा राखेको भन्दै अधिवक्ता लबन न्यौपानेले सचिव बस्नेतविरूद्ध मुद्दा दायर गर्नुभएको थियो ।