Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


सहसचिव अधिकारी विरुद्ध अख्तियारमा मुद्दा


702
Shares

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सहसचिव झलकराम अधिकारी विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला अधिकारले ७० लाख रुपैयाँ घुस लिएको आरोपसहित अख्तियारले आज विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

एच.के. इन्टरप्राइजेज नामको कम्पनी विरुद्ध राजस्व चुहावट गरेको उजुरी राजश्व अनुसन्धान विभागमा परेकोमा उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट अधिकारीले ७० लाख रुपैयाँ लिएर उजुरी अघि नबढाएको जिकीर अख्तियारको छ ।

२०७९ देखि असार १ गतेदेखि २०७९ सालको कात्तिक १६ गतेसम्म राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका अधिकारीले २०७९ सालको साउनमा यस्तो लेनदेन गरेको अख्तियारको दाबी छ ।

श्रेष्ठबाट लिएको रकम विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको खातामा राखिएको आरोप पनि अख्तियारले लगाएको छ ।

अधिकारले सो रकमबाट भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको ५ आना जग्गा किनेको तथा देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा पनि प्रयोग गरेको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।