काठमाडाैं । वाणिज्य बैंकहरूले यहि चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
आइतबारदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अनुसार गत फागुनको तुलनामा अधिकतम औसत ब्याजदर घटेको हाे । चैत महिनाका लागि बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ ४ दशमलव ४९ प्रतिशत र संस्थागततर्फ ३ दशमलव २९ प्रतिशत बिन्दुमा झरेको छ । गत फागुनमा ब्याजदर व्यक्तिगततर्फ ४ दशमलव ५६ र संस्थागततर्फ ३ दशमलव ३३ प्रतिशत बिन्दुमा थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् । साथै बाँकी १४ वटाले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । ब्याजदर घटाउनेमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् ।
सबै भन्दा बढी नेपाल बैंक लिमिटेडले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ० दशमलव ६ प्रतिशत बिन्दुले घटाएको जनाएकाे हाे ।








प्रतिक्रिया दिनुहोस्