Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


माैसम: देशका ७ वटै प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे भारी हिमपात र वर्षा हुँदै


3.1k
Shares

काठमडाैं । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बिहीबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, मधेश , बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बिहीबार राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ। कोशी , बागमती, गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।