Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


इरानमा थप सशक्त रूपमा हवाई आक्रमण गरेकाे अमेरिकाकाे दावी

बारूदी सुरूङ बिछ्याउने १६ वटा इरानी पानीजहाज ध्वस्त पारेको जिकिर

637
Shares

एजेन्सी । अमेरिकाले इरानमा थप सशक्त रुपमा हवाई आक्रमण गरेको जनाएको छ।

इजरायलले पनि इरान र लेबनानका निशानाहरुमा ब्यापक रूपम आक्रमण गरेको हाे । अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सेनाले बारुदी सुरुङ बिछ्याउने १६ वटा इरानी पानीजहाज ध्वस्त पारेकाे दावी गरेकाे छ। अमेरिकाले पछिल्लो समय ‘स्ट्रेट अफ हर्मुज’मा कुनैपनि धराप नरान्न इरानलाई चेतावनी दिईरहेको छ ।

उता इरानमा आन्तरिक प्रदर्शन पनि चर्कने सम्भावना देखेपछि प्रहरी प्रमुखले सरकारको विरोध गर्ने सोच राख्ने जो कोहीलाई शत्रुको जस्तो व्यवहार गर्ने चेतावनी दिएका हुन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमार्फत इरानको सत्ता फाल्न जनताहरुलाई आव्हान गरे लगत्तै इरानले कडा चेतावनी दिएको छ ।