Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


मध्यपूर्वमा जारी युद्धका कारण अपगानिस्तानमा घर फिर्तीको ठूलो लर्काे

अफगानिस्तानका २ लाख ७० हजार नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किए

416
Shares

एजेन्सी । मध्यपूर्वमा जारी युद्धको प्रभावले अपगानिस्तानमा घर फिर्तीको ठूलो लहर चलेको छ।

युद्धका कारण अफगानिस्तानका करिब २ लाख ७० हजार नागरिक पाकिस्तान र इरानबाट आफ्नो देश फर्किएका संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको हाे। १० हजार इरानबाट र एक लाख ३० हजार पाकिस्तानबाट फर्किएका छन् । गत फेब्रुअरी २८ तारिखदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले ड्रोन र मिसाइलमार्फत प्रतिक्रिया दिएको थियो । त्यसपछिका दिनहरूमा दैनिक करिब १ हजार ७ जना अफगान नागरिक इरानबाट फर्किरहेकाे जनाइएकाे छ।

राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रतिनिधिहरुले अफगानिस्तानले इरानसँग सम्बन्धित घटनाहरूको परिणाम भोगिरहेको बताएका हुन् । पछिल्ला दुई वर्षमा पाँच लाख भन्दा बढी अफगान नागरिक छिमेकी देशबाट फर्किसकेका छन् ।जसमा गएको वर्ष एक लाख ९० हजार इरानबाट फर्किएका थिए ।