Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


देशका ६ प्रदेशका केही स्थानमा आज मेघगर्जन-चट्यांसहितकाे वर्षा र हिमपात हुँदै


1k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मंगलबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, मंगलबार दिउँसो भने देशभरी साधारणतया बादल लाग्ने भएकाे छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी- हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकााे हाे।

त्यस्तै, मंगलबार राति भने गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी-हिमाली भू-भामामा साधरणतया बादल लाग्ने भएकाे छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।