Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


काठमाडाैं विश्वको चौथो प्रदूषित शहरको सूचीमा

यो हप्ताभरी उपत्यकामा प्रदूषणको अवस्था कायमै रहने, सतर्क रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह

403
Shares

काठमाडाैं । काठमाडाैं उपत्यकामा वायु प्रदूषण अस्वस्थ बनेको छ ।

वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एअर’ ले केही दिनयता उपत्यकाको आकाश धुवाँ र धुलोको बाक्लो तुवाँलोले ढाकिएको जनाएकाे हाे । साेमबार काठमाडाैंकाे वायु गुणस्तर सूचकांक (एक्यूआई) १८४ पुगेको थियो । याे स्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ । साेमबार काठमाडाैं विश्वकै सबै भन्दा प्रदूषित शहरको पहिलो नम्बरमा पुगेको थियो । मंगलबार बिहान एक्यूआई थप बढेर १ सय ८८ पुगेको हाे ।एक्यूआई १ सय ८८ हुँदा सामबार काठमाडाैंकाे वायु गुणस्तर सूचकांक (एक्यूआई) १ सय ८४ पुगेको थियो । याे स्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ । साेमबार काठमाडाैं विश्वकै सबै भन्दा प्रदूषित शहरको पहिलो नम्बरमा पुगेको थियो । मंगलबार बिहान एक्यूआई थप बढेर १ सय ८८ पुगेको हाे । एक्यूआई १ सय ८८ हुँदा काठमाडाैं विश्वको चौथो प्रदूषित शहरको सूचीमा छ ।

मंगलबार बिहान पाकिस्तानको लाहोर २ सय ३० एक्यूआईसहित पहिलो, भारतको राजधानी दिल्ली २ सय ८ एक्यूआईसहित दोस्रो र बङ्गलादेशको ढाका २ सय २ एक्यूआईसहित तेस्रो स्थानमा रहेका छन् । काठमाडाैंमा बढ्दो गाडीको चाप, देशका विभिन्न भागमा लागिरहेको डढेलो र आकाश धुम्म भएर पानी नपर्दा हावा दूषित बन्दै गएको विज्ञहरू बताउँछन् । प्रदूषित हावाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दम, निमोनियालगायत श्वासप्रश्वाससम्बन्धी रोग भएका बिरामीलाई गम्भीर असर पुर्‍याउन सक्छ । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट जोगिन सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडाैं उपत्यकामा प्रदूषण बढेकाले मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौला लगायत स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गर्नुभयाे ।

दीर्घरोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सकेसम्म बाहिर ननिस्कन तथा निस्कनै परे मास्क प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ । विशेषगरी बिहान र बेलुकाको समयमा बाहिर कम निस्कन तथा धुलोधुवाँबाट जोगिने उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको हाे । यो हप्ताभरी काठमाडाैं उपत्यकामा प्रदूषणको अवस्था कायम रहने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । मंगलबार पनि उपत्यकाको आकाशमा बिहानैदेखि बादल लागेको छ ।