काठमाडाैं । प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो पटक खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।
शेयर बजारमा साेमबार दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि बन्द भएको छ । यसअघि बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात समग्रमा ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ ।
हाल नेप्से परिसूचक २८४८ अंकमा पुगेको छ भने बजार १ सय ३५ अंकले बढेको हाे । त्यस्तै, २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यदि बजार ६ प्रतिशतमा बढेमा दिनभरीकै लागि कारोबार रोक्का हुने छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनले स्थिर सरकार निर्माण हुनेगरी म्याण्डेड दिएपछि लगानीकर्तामा उत्साह बढेको नेप्सेले जनाएकाे हाे।







प्रतिक्रिया दिनुहोस्