Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल विजयी


442
Shares

ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार विश्वराज पोखरेल विजयी हुनुभएकाे छ।

पोखरेले १३ हजार ९ सय ५३ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । उहाँ नेपाली कांग्रेस उम्मेदवार कुमार लुइटेललाई ५ मत अन्तरलेपछि पार्दै विजयी हुनुभएकाे छ। लुइटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गर्दै दाेस्राे स्थानमा रहनुभएकाे हाे ।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अम्बिरबाबु गुरुङले ११ हजार २ सय ९६ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेकी उम्मेदवार असिमता थापा १० हजार ७ सय २० मतसहित चौथो स्थानमा रहेकाे निर्वाचन आयोगले जनाएको हाे ।