Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


काठमाडौं-१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी


325
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-१ बाट विजयको शुरुवात गरेको छ।

रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४ सय ५५ मतका प्राप्त गर्दै विजयी हुनुभएकाे हाे। यो जितसँगै रास्वपाले यस निर्वाचनमा आफ्नो पहिलो खाता खोल्न सफल भएको छ। विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा लिएकाे बताउनुभयाे।

उहाँले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताउनुभएकाे छ।