Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


स्याङ्जा- १ मा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा, कांग्रेस पछिपछि


3k
Shares

स्याङ्जा । स्याङ्जा-१ को प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

हालसम्मको गणनाअनुसार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले समान २ हजार २ सय २ मत प्राप्त गरेका हुन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवारले १ हजार ८ सय ४ मत प्राप्त गरेका छन्। प्रारम्भिक परिणामले स्याङ्जा–१ मा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा देखिएको हाे । कांग्रेसले केही मतले पछ्याइरहेको छ। मतगणना जारी रहेकाले आगामी परिणाममा परिवर्तन हुन सक्ने जनाइएको छ।

त्यसैबीच स्याङ्जा-२ को मतगणना भने अझै शुरु हुन केही समय लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको हाे। निर्वाचन कार्यालयका अनुसार सबै प्रक्रिया पूरा भएपछि क्षेत्र नम्बर २ को मतगणना शुरु गरिने भएकाे छ ।