Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


निर्वाचनकाे समयमा पनि पेट्रोलियम पदार्थको आयात नियमित हुन्छ: आयल निगम

अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न आमसर्वसाधरणलाई निगमकाे आग्रह

325
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरण नागरिकलाई आग्रह गरेको छ ।

निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सूचना जारी गर्दै अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिम समेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्नुभएकाे हाे । इन्धन नियमित भइरहेको र चुनावभरी नियमित हुने समेत जानकारी दिनुभयाे । उहाँले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान र ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको बताउनुभयाे ।

सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि नियमले सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध गरेको छ ।