काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभएको छ ।
गृहमन्त्री अर्यालले साेमबार निर्वाचन आयोगको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य चुनावको तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको पालना र कार्यान्वयनकाे बारेमा छलफल गर्नुभएको हो । उहाँले चुनावी सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले चुनावको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबीचको समन्वय भइरहेकाले भयरहित वातावरणमा चुनाव हुने बताउनुभएकाे छ।
गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा मन्त्रालय र आयोगका अन्य पदाधिकारीको उपस्थितिमा छलफल भएको हो । निर्वाचन कार्यतालिका अनुसार बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भएकाे छ ।







प्रतिक्रिया दिनुहोस्