Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित छन्: परराष्ट्र मन्त्रालय

इजरायल र इरानका सम्बन्धित निकायको पूर्वस्वीकृति बिना यात्रा नगर्न आग्रह

208
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेकाे र दुई जना आउने क्रममा रहेको बताउनुभएकाे हाे । आठ जना नेपाली अझै इरानमै रहेकाे र उनीहरू सबै जना सुरक्षित उहाँले जानकारी गराउनुभयाे । उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको उहाँकले बताउनुभएकाे हाे । मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई मन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै प्रवक्ता क्षेत्रीले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सतर्क र सचेतता पूर्वक रहन आग्रह गरिएको बताउनुभयाे ।

उहाँले सकेसम्म घरभित्रै बस्ने, सतर्क रहने, आवश्यक सावधानी अपनाउने र आ–आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको समेत बताउनुभएकाे छ। इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्व स्वीकृति बिना यात्रा नगर्न अनुराेध गरिएकाे उहाँले जानकारी गराउनुभयाे । नेपालबाट त्यता जाने सम्पूर्ण यात्रा रद्द गर्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको हाे ।