Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


एमाले अध्यक्ष ओलीकाे कामना: ‘नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्’

सबैलाई सजगता र धैर्यता लिन आह्वान

715
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भनेर कामना गर्नुभएकाे छ।

अध्यक्ष ओलीले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत यस्ताे कामना गर्नुभएकाे हाे । उहाँले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका विषयलाई लिएर यस्तो कामना गर्नुभएकाे हाे । मध्यपूर्वमा भएका लाखौँ नेपाली आपत र कोलाहलमा भएकाले उनीहरुका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ । ‘मध्यपूर्वी देशहरु माथीको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा समेत नपरेको उहाँकाे बताउनुभयाे ।

अवसर छनाेटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरी आउनु-जानु स्वभाविक भएको अध्यक्ष ओलीको तर्भक छ । अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख समेत गर्नुभयाे । सबैलाई सजगता र धैर्यता लिन समेत उहाँले आह्वान गर्नुभएकाे छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा यस्ताे लेख्नुभएकाे छ: