Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्याे

नेपालमा भने साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने आयल निगमकाे निर्णय

1.7k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएकाे छ।

तर नेपाल आयल निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको हाे । भारतीय आयल कर्पोरेसनबाट शनिबार राति प्राप्त नयाँ खरिद मूल्य अनुसार इन्धनको मूल्य बढेर आएको थियो । नयाँ सूची अनुसार पेट्रोलमा प्रतिलिटर २ दशमलव ०९, डिजेलमा २ दशमलव ४७ र एलपी ग्यासमा प्रतिसिलिन्डर र १८ दशमलव ५८ रुपैयाँले वृद्धि भएको थियो। साथै, हवाई इन्धनमा पनि प्रतिलिटर ५ दशमलव ९८ ले मूल्य बढेर आएको हाे।

निगम सञ्चालक समितिको बैठकले उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमलाई हुन सक्ने सम्भावित घाटा सहेर पनि मूल्य वृद्धि नगरेको जनाएकाे छ। साेही बैठकले साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हाे।