काठमाडौं ।
निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ । सार्वजनिक सवारीमा अत्यधिक चाप बढेपछि नियमित रुटमा सवारी थप गर्नु परेको यातायात व्यवसायी सङ्घले बताएको छ ।
निर्वाचन, होली पर्व र एक हप्तासम्मको लामो सरकारी बिदाले गर्दा उपत्यका छाड्नेको सङ्ख्या दोब्बरले बढेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । फागुन १९ गतेसम्म करिब आठ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान महासङ्घको छ ।
एक हप्तामा तीन लाख यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । हप्तामा करिब ८० हजार यात्रु नियमित आउने जाने गर्छन् तर निवार्चन नजिकिएपछि उक्त सङ्ख्या तीन लाख पुगेको हो । बाँकी चार दिनमा थप तीन लाख यात्रु बाहिरिन सक्ने प्रहरीको अनुमान छ ।
निर्वाचनका लागि उपत्यकाबाहिर जानेको सङ्ख्या बढेसँगै काठमाडौँमा चहलपहल घटेको छ । सडकमा ट्राफिक जाम कम हुन थालेको छ । सडकमा सवारीको चाप न्यून रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्