Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


कांग्रेसले आज सुर्खेत र बाँकेमा चुनावी सभा गर्दै


221
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बिहीबार एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएकाे छ।

कांग्रेसले बिहीबार एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएको हो। यहि फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो। सुर्खेत र बाँके आज हुने चुनावी सभामा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएकाे छ।

प्रवक्ता चालिसेले सभापति थापासहितका शीर्ष नेताहरू हेलिकप्टर मार्फत चुनावी सभामा पुग्ने समेत बताउनुभयाे। त्यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने भएका छन्। कांग्रेसले शुक्रबार पनि रुपन्देहीको बुटवल र कास्कीको पोखरामा चुनावी सभा गर्ने भएकाे हाे। साथै यहि फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने समेत तयारी गरिएकाे प्रवक्ता चालिसेले बताउनुभयाे ।

कांग्रेसले कोशी र सुदूरपश्चिममा समेत चुनावी सभाको तयारी गरिरहेको जनाएकाे छ ।