Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


देशका ४ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा र हिमपात हुँदै


1.4k
Shares

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

बिहीबार बिहान देशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको हाे। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी -हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। साथै तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, बिहीबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने भएकाे छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भामामा साधरणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी पहाडी तथा हिमाली भू(भागमा आंशिक बादल लाग्ने भएकाे छ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे। कोशी, बागमती र गण्डकी र बाँकी प्रदेशको पहाडी -हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यस्तै, बिहीबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे हाे। देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।