Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


निगमले खाना पकाउने ग्यासको आयात बढायो

निर्वाचनमा ग्यास अभाव नहुने दावी

715
Shares

काठमाडौं । नेपाल आयल निगमले यहि फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ।

निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट ग्यासको लोडिङ उच्च दरमा गरिरहेको जनाएको हाे । निगमले मंगलबार यो वर्षकै सबै भन्दा बढी परिमाणमा ग्यास लोड भएको जनाएकाे छ। मंगलबार एकै दिन १ सय ३८ बुलेट ग्यास लोड भएको निगमले जानकारी दिएको हाे। यो परिमाण करिब १ लाख ७३ हजार ८ सय सिलिन्डर बराबर हुन आउने निगमले बताएकाे छ ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचनको अवधिमा पनि ग्यासको आपूर्ति यसरी नै नियमित हुने भन्दै उपभोक्तालाई ढुक्क रहन आग्रह गर्नुभयाे। बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन भण्डारण र वितरण प्रणालीलाई चुस्त राखेको निगमले जनाएको छ।