Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


धादिङमा चट्याङ लागेर एक जनाकाे निधन, २ गम्भीर घाइते


481
Shares

काठमाडाैं । धादिङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।

धादिङ त्रिपुरा सुन्दरी-३ मुलपानीमा चट्याङ लाग्दा गोरखाको शहीद लखन गाउँपालिका-८ की १२ वर्षीया दिलासा घर्ती मगरको निधन भएको हो । सोही घटनामा १३ वर्षकी दीक्षा घर्ती मगर र २४ वर्षका वीरेन्द्र थापामगर घाइते प्रहरीले बताएकाे छ।

उनीहरूको आरुघाट आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप निगरानी र विशेष उपचारका लागि मुटु र स्नायु अनुगमन आवश्यक भएको भन्दै काठमाडौंमा रिफर गरिएको प्रहरीले जानकारी दिएकाे छ ।